९ बैशाख,२०८२/रौतहट /संजिब झा

गौर नगरपालिका भित्र सञ्चालनमा आएका नयाँ विद्यालयलाई नगर कार्यपालिकाले कडाइका साथ चेतावनी दिएका हुन्। नगरपालिकाबाट स्विकृती नलिई सञ्चालनमा रहेका विद्यालयलाई नगर प्रमुख शम्भु साहले कार्यवाहीको दायरामा ल्याउन सम्बन्धित निकायलाई निर्देशन दिएका हुन्।।गौर नगरपालिकामा नयाँ खुलेका विद्यालयहरूमा बाल निकेतन आवासीय माध्यमिक विद्यालयले गरेको निन्दनीय कार्यको निन्दा गर्दै गौर नगरपालिकाले चेतावनी समेत दिएको छ। स्विकृतीभन्दा माथिल्लो तहमा भर्ना गरेको विषयलाई समेटेर गौर नगरपालिकाले विज्ञप्ति जारी गरी सम्बन्धित विद्यालयलाई चेतावनी समेत दिएको छ।

शैक्षिक पेशालाई व्यवसाय बनाउन खोजेका बाल निकेतन आवासीय माध्यमिक विद्यालयलाई कार्यवाही हुन सक्छ नत्र आफ्नो नैतिकता नबेची अनुमति प्राप्त काम गर्न नगर कार्यपालिकाले कडाइका साथ आदेश जारी गरेको छ। विद्यार्थी र अभिभावकसँग धोका गर्ने विद्यालयलाई नगर प्रमुखले कार्यवाहीको दायरामा ल्याउन सकिन्छ भन्ने प्रतिवद्धता जनाएका हुन्। नगर प्रमुख शम्भु साहले यस्तो कदम चालेकोमा स्थानीयहरूले प्रशंसा समेत गरिरहेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here