१५ असार,२०८२/रौतहट / सोनु कुमार महतो
मधेश प्रदेशको दोश्रो लामो झुलुंगे पुलका रूपमा चिनिएको बानेश्वरनाथ झुलुंगे पुल अहिले पर्यटकहरूका लागि आकर्षणको केन्द्र बन्दै गएको छ। गौर नगरपालिका वडा नं. २ मा अवस्थित उक्त पुलमा शनिवारको दिन विशेषगरी स्थानीय तथा अन्य जिल्लाबाट आएका सैलानीहरूको घुइँचो लागेको देखिन्छ।पुलले लाल बकैया नदीमाथि आकर्षक स्वरूपमा फैलिएको छ, जुन पैदलयात्रीका लागि सुरक्षित मात्र नभई मनोरञ्जनात्मक स्थलका रूपमा पनि स्थापित हुँदै गएको छ।
पुलबाट देखिने प्राकृतिक दृश्यहरू, शीतल बतास, र लाल बकैयाको सुन्दर बहावले यहाँ आउने जो-कोहीलाई मन्त्रमुग्ध पार्ने गर्छ।शनिबारको विदा र मौसम खुल्ला भएको कारणले धेरै पर्यटकहरूको भिड लागेको थियो। परिवारसँग रमाइलो गर्न, सामाजिक सञ्जालका लागि फोटो खिच्न र प्रकृतिको आनन्द लिन आउनेहरूको लर्को देखिएको थियो।















