१६ साउन, विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ र अहंकारका कारण देशले पीडा भोगिरहेको आरोप लगाएका छन् ।

विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।‘यो सरकार सबै हिसाबले असफल छ । एउटा व्यक्ति केपी ओलीको दम्भ, अहंकार, गलत नीति, गलत कामले गर्दाखेरि देश पूरै पीडित छ,’ उनले भने, ‘यो पीडाबाट जबसम्म केपी ओलीलाई बिदा गरिँदैन, मुक्त हुने स्थिति बन्दैन ।’

केपी ओली र शेरबहादुर देउवा मिलेसम्म यो सरकार परिवर्तन नहुने उनको भनाइ छ ।केपी ओलीका कारण एमालेमा पनि तमासा देखिएको उनले बताए ।‘एमालेभित्र तमासा हेर्दै जानुस्,  देशको कम्युनिस्ट आन्दोलनलाई सिध्याएरै छोड्छन् केपी ओलीले,’ उनले भने, ‘राष्ट्रकै निम्ति ठूलो नोक्सान पुर्‍याउने स्थितिमा पुर्‍याउँछन् ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here