असोज १३ /काठमाडौं

ट्रम्पले युद्धमा अमेरिकाको जितपछि पेट्रोलको मूल्यमा ठूलो गिरावट आउने दाबी पनि दोहोर्‍याए ।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग जारी युद्ध अन्त्य गराउने प्रयास गरिरहेका मध्यस्थहरूसँग अमेरिका सम्पर्कमा रहेको बताएका छन् । ह्वाइट हाउसमा पत्रकारसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

तर, अमेरिकाले यो युद्धमा धेरै चाँडो जित हासिल गर्ने ट्रम्पले दाबी गरे।जहाँसम्म मेरो कुरा छ, हामी जित्नेछौं,’ उनले भने, ‘यो विषय निकै तीव्र गतिमा अघि बढ्नेछ ।’

ट्रम्पले युद्धमा अमेरिकाको जितपछि पेट्रोलको मूल्यमा ठूलो गिरावट आउने दाबी पनि दोहोर्‍याए । उनका अनुसार यसबाट अमेरिकी उपभोक्तालाई राहत पुग्नुका साथै ऊर्जा लागतसमेत घट्नेछ ।

क्षेत्रमा तनाव कायम रहेका बेला र युद्ध अन्त्यका लागि विभिन्न पक्षबाट कूटनीतिक प्रयास भइरहेका समयमा अमेरिकी राष्ट्रपतिको यस्तो भनाइ आएको हो ।ट्रम्पले मध्यस्थकर्ताहरूको पहिचान वा उनीहरूसँग भइरहेको वार्ताबारे थप जानकारी दिएनन् । यद्यपि, उनले पर्दापछाडि सम्पर्क कायम रहेको संकेत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here