२०८३ साल असोज १३ गते (तदनुसार २९ सेप्टेम्बर २०२६)
मधेश प्रदेश सरकारका माननीय गृह, सञ्चार तथा कानुन मन्त्री फकिरा महतोको नैतृत्वमा दुग्ध डेरी उद्योगको व्यवस्थापन तथ उत्पादनको वास्तविक अवस्था बुझ्न अनुगमन गरिएको छ ।

अनुगमन तथा नष्ट गरिएका सामग्रीहरू:
बजार तथा डेरी व्यवसायलाई थप व्यवस्थित र उपभोक्तामुखी बनाउन एक विशेष अनुगमन गरिएको थियो। उक्त अनुगमनका क्रममा फेला परेका:

- अवैध, अखाद्य तथा उपभोग्य अवधि समाप्त भएका (Expired) दुग्धजन्य सामग्रीहरू,

जिल्ला प्रशासन, स्थानीय प्रहरी तथा सरोकारवाला निकायका प्रतिनिधिहरूको रोहवरमा तत्काल जफत गरी पूर्ण रूपमा नष्ट गरिएको छ।
माननीय मन्त्रीले उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गर्ने र कानुनी मापदण्ड पूरा नगर्ने जोकोहीलाई पनि कडा कानुनी कारबाही गरिने चेतावनी दिनुहुँदै बजारलाई स्वच्छ र पारदर्शी बनाउन सबै व्यवसायीहरूलाई आग्रह गर्नुभएको छ। प्रदेशबासीको स्वास्थ्य र गुणस्तरीय दुग्धजन्य पदार्थको उपभोग गर्न पाउने अधिकारलाई सरकारले उच्च प्राथमिकतामा राखेको स्पष्ट पार्नुभयो।















