१७ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न १४ वटा विभागका प्रमुखहरू मनोनयन गरेको छ ।
शनिबार बसेको पार्टीको केन्द्रीय समिति बैठकले १४ वटा विभागका प्रमुख र एउटा विभागमा उपप्रमुख मनोनयन गरेको प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
उनका अनुसार, एउटा विभागमा भने सदस्य पनि मनोनयन गरिएको छ । प्रवास सम्पर्क विभाग प्रमुख, मनिष झा ,आर्थिक व्यवस्थापन विभाग प्रमुख, मनोहर प्रधान कानुनी, मामिला तथा संस्थागत अनुपालन विभागमा, मोहनलाल आचार्य
सामाजिक न्याय, लैगिक समानता तथा समावेशीता विभाग, रुविना आचार्य
सुशासन तथा राज्य व्यवस्थापन विभाग, सुदीप ढकाल
विधायन, संसदीय मामिला तथा न्याय प्रणाली विभाग, सुलभ खरेल
कृषि, भूमि व्यवस्था तथा सहकारी विभाग, ज्ञानेन्द्र महता















