चन्दन कूमार महतो । रौतहट, असार ७

रौतहट | रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको ११औं नगरसभा आज भव्य रूपमा सम्पन्न भएको छ। नगर प्रमुख श्रीमती कौशल्या देवी ज्यूको अध्यक्षतामा सम्पन्न उक्त सभामा आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ४९ करोड ६४ लाख ५२ हजार ४९७ रुपैयाँको बजेट प्रस्तुत गरिनुका साथै नगरसभाबाट सर्वसम्मत रूपमा पारित गरिएको छ।

नगरपालिकाले आगामी वर्षमा शिक्षा, स्वास्थ्य, रोजगार, कृषि तथा महिला तथा बाल विकास जस्ता क्षेत्रहरूमा विशेष प्राथमिकता दिँदै योजना अघि बढाउने प्रतिबद्धता जनाएको छ।

राजस्व बाँडफाँटबाट प्राप्त रकम संघ र प्रदेशको रकमका साथै संघीय सरकारबाट समानीकरण अनुदान, ससर्त अनुदान चालूरपुँजीगत, विशेष अनुदान पुँजीगत र समपूरक अनुदान पुँजीगत, प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण, ससर्त अनुदान, विशेष अनुदान र समपूरक अनुदान गरी उक्त बजेट प्रस्तुत गरिएको उनले बताए ।

सम्पन्न नगरसभामा प्रमुख अतिथि पूर्व सचिव राम स्वरूप सिन्हा , नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्द किशोर गुप्ता , उप प्रमुख मो. प्रवेज आलम, ईशनाथ औरैया खानेपानीको अध्यक्ष किशोरी यादव, सबै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, सबै नगरसभा सदस्यहरू, कर्मचारी, पत्रकार, प्रहरी लगाउतको सहभागितामा भव्य रुपमा नगर अधिवेशन सम्पन्न भएको लेखा अधिकृत मनोज ठाकुरले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here