१८ भदौ, २०८२ बिरगंज ।

हैजा सुन्नासाथ धेरैलाई लाग्न सक्छ, यो सामान्य झाडापखाला हो । तर हैजा कति जटिल रोग हो भन्ने कुरा अस्पतालमा भर्ना भएका बिरामीको अवस्थाले स्पष्ट पार्छ ।

वीरगञ्जस्थित नारायणी अस्पतालको आईसीयूमा उपचाररत ६ जना बिरामीले यतिबेला मृत्युसँग संघर्ष गरिरहेका छन् । तीमध्ये तीनजनाको निरन्तर डायलाइसिस गर्नुपरेको छ । यसको कारण हो- हैजाले निम्त्याएको गम्भीर जटिलता ।झाडापखाला लागेर अस्पताल भर्ना भएका ४० र ५० वर्षीय पुरुष र ३५ वर्षीय महिलाको मिर्गौलाले काम गर्न छोडेर डायलाइसिस गराइरहेका छन् ।

तीनैजना बिरामीको शरीरमा युरिया र क्रियाटिनिनको मात्रा अस्वाभाविक रूपमा बढेको थियो । पिसाब बन्द जस्तै भएको थियो । जीवन जोगाउन तत्काल डायलाइसिस सुरु गर्नुपर्‍यो चिकित्सकका अनुसार मिर्गौला दुई तरिकाले फेल हुन्छ । एक, तत्कालीन असरका कारण । दोस्रो, दीर्घकालीन असरले । अहिले हैजाका बिरामीको मिर्गौला फेल हुनुको कारण तत्कालीन असरले हो । जुन केही समयको डायलाइसिसपछि मिर्गौलाले पहिलेको अवस्थामा काम गर्नसक्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here