Oplus_16908288

२० असोज, काठमाडौं । दुई सदस्यहरूको फरक मतका बाबजुद न्यायपरिषद्ले जेष्ठता वरिष्ठताक्रम मिचेर सर्वोच्च अदालतमा चार न्यायाधीशको सिफारिस गरेको छ ।

यसै महिना न्यायाधीश विनोद शर्मा समेत अवकाश हुने भएकाले पाँच न्यायाधीशको सिफारिस गर्न मिल्नेमा न्यायपरिषद्ले एउटा सिट खाली राखेर चारजनाको नाम सिफारिस गरेको होI

न्यायपरिषद् सचिवालयकी प्रवक्ता रामप्यारी सुनुवारले जारी गरेको विज्ञप्ति अनुसार, उच्च अदालत पोखराका मुख्य न्यायाधीश डा. रत्नबहादुर बागचन्द र विभिन्न उच्च अदालतका न्यायाधीशहरू चन्द्रबहादुर सारु, जनक पाण्डे र गोकर्ण डाँगी सर्वोच्चको न्यायाधीशका लागि सिफारिस भएका हुन् ।

प्रधानन्यायाधीश अध्यक्ष हुने न्यायपरिषद्मा सर्वोच्च अदालतको वरिष्ठतम न्यायाधीश, बार र प्रधानमन्त्रीको सिफारिसका एक/एक सदस्य र कानूनमन्त्री पदेन सदस्य हुन्छन् । पाँच सदस्यीय परिषद्को मंगलबारको बैठकमा दुईजनाले सिफारिसमा विमति राखेका हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here